Logo

एनआईसी एशिया बैंकले ल्यायो अनलाइन भेरिफाइ गर्न सकिने सुविधा



काठमाडौं, १९ जेठ । एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाइ गर्न सकिने सुविधा ल्याएको जनाएको छ ।

बैंकको अनुसार ग्राहकहरुले अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन् ।

अनलाइन सेल्फ भेरिफाइ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन दुई लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार सीमा निर्धारण गरेको बताएको छ । बैंकको अनुसार कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एकपटक भेरिफाइ गराउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्