काठमाडौं, २० जेठ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ६ गतेदेखि विक्रिमा ल्याएको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर आज बाँडफाँट गरेको छ ।
रितपुर्वक आवदेन दिने २२ हजार ७०६ जना शेयरधनीलाई ४८ लाख ४ हजार ३१३ कित्ता हकप्रद शेयर आज बाँडफाँट भएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार ४ लाख ३६ हजार ८८४ कित्ता हकप्रद शेयर अझै बिक्रि हुन सकेको छैन् ।
बैशाख ६ गतेदेखि ५० प्रतिशतको दरले १०० रुपैयाँ अंकित मुल्यमा उक्त कित्ता हकप्रद शेयर विक्रिमा ल्याएको थियो । १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४ सय रुपैयाँ हालको चुक्तापुँजीको आधारमा १.५ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो । कम्पनीको अनुसार १०० रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो । चैत्र ८ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद शेयरको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।