एजेन्सी, २० जेठ । भारतमा लकडाउन खुल्न थालेको छ । भारतका विभिन्न प्रान्तहरुका जोखिम कम रहेका क्षेत्रहरुमा लकडाउन खुल्न थालेको हो ।
महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा भोलिबाट लकडाउन अन्तको घोषणा गरिएको छ । त्यहाँ पाँच चरणको लकडाउने खोल्ने योजना घोषणा भइसकेको छ ।
मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय खुलेको छ । चरणवद्ध तरिकाले लकडाउन हटाइँदैछ ।
विहारमा लकडाउन ८ जुनसम्मका लागि भएपनि खुकुलो पारिएको छ । व्यवसायिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिइएको छ । राजस्थानमा व्यवसायिक गतिविधिहरुमा छूट दिइएको छ ।
तालिमनाडुले भने तत्काल लकडाउन खोल्ने तयारी भइनसकेको जनाएको छ । कर्नाटकमा भने अझै १० दिन लकडाउन लम्ब्याइएको छ ।