डोल्पा, २१ जेठ: कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ । नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि तथा उपकरण हेलिकोप्टरमा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए ।
गाउँपालिकाको विभिन्न बस्तीमा नागरिक बिरामी परेको खबर आएकाले छिटोछरितो औषधि उपकरण पठाउन हेलिकोप्टर कम्पनीसँग कुरा भइरहेको उनको भनाइ छ ।-रासस/File Photo