Logo

सिटिजन्स बैंकले कागजात बिना २ लाखसम्मको कर्जा दिने



काठमाडौं, २१ जेठ । सिटिजन्स बैंक इन्टरनेसनलले कागजात बिना २ लाखसम्मको कर्जा दिने भएको छ । बैंकले एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ग्राहकहरुको सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको हो ।  हिजो भर्चुअल माध्यमबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी “पेडे लोन” योजना सार्वजनिक गरेका छन् ।

बैंकको अनुसार यस कर्जा योजना अन्तर्गत बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि २ लाखसम्म मोबाइल बैकिङ्गबाट “पेडे लोन” सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।

बैंकले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना संचालनमा ल्याएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot