काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी भएको छ । आज प्रधानमन्त्री ओलीको सिफारिशमा ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त भएका हुन् ।
जसपा नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकासमन्त्री नियुक्त भएका छन् । उनले ओली सरकार ढल्न नदिन महत्वपूर्ण भूमिका निभाएका थिए ।
जसपाका प्रभावशाली नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण र चन्दा चौधरी पनि मन्त्री नियुक्त भएका छन् ।
मन्त्री नियुक्त भएकाहरु
राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकासमन्त्री
शरतसिंह भण्डारी, ऊर्जामन्त्री
अनिलकुमार झा, खानेपानीमन्त्री
लक्ष्मणलाल कर्ण, भूमिसुधारमन्त्री
विमल श्रीवास्तव, श्रममन्त्री
चन्दा चौधरी, महिला, बालबालिकामन्त्री
उमाशंकर अरगरिया, वनमन्त्री
एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री
चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ, महिला तथा बालबालिका राज्यमन्त्री