Logo

कस्ले पाउला गृह ?



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा समावेश गरेको पुष्टि भइसकेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले यसको पुष्टि गरेकाछन् ।

जसपाका ८ नेताले पाएको मन्त्रालय पनि खुलिसकेको छ । तर, त्यसमा गृह मन्त्रालय समावेश छैन ।

प्रधानमन्त्री ओलीले आजै निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई बालुवाटारमा डाकेर भेटेका छन् । बादल सम्भवत पुर्नगठित मन्त्रिमण्डलमा हुने छैनन् । यसको अर्थ गृह मन्त्रालयको जिम्मेवारी एमालेकै ओलीनिकट अरु कसैले पाउने सम्भावना रहेको बुझिएको छ ।

विष्णु पौडेल अर्थमन्त्री छन् । उनले गृहमा चाहना नराखेको बुझिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि गृहमन्त्रीको दाबेदार छन् । ओलीले आफूनिकटस्थ महेश बस्नेत, गोकुल बाँस्कोटा या कर्ण थापामध्येबाट एकलाई गृहमा लाने चर्चा पनि छ ।

ईश्वर पोखरेलले गृह मन्त्रालय सम्हाल्ने चाहना राखेका थिए । तर, ओली त्यसका लागि तयार भएनन् ।

ओलीले हाललाई गृह मन्त्रालय आफूसँगै राखेर भविष्यमा आफ्ना विश्वासपात्रलाई गृहको जिम्मेवारी दिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्