काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन । एमालेबाट विष्णु पौडेल, वसन्त नेम्वाङ, लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठबाहेक सबै मन्त्री जिम्मेवारमुक्त भएका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री ओलीे स्वास्थ्यमन्त्रीको जिम्मेवारी शेरबहादुर तामाङलाई दिएका छन् । त्यस्तै, विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् ।
रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्टमन्त्रीको जिम्मेवारी दिईएको छ । जनता समाजवादी पार्टी, नेपालबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० जना मन्त्री बनेका छन् । राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री बनेका छन् । सबैको सपथ आज साँझ ८ बजे राखिएको छ ।