काठमाडौं, जेठ २२ । नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन् ।
पद तथा गोपनीयताको शपथ लिएपछि आज सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताएका हुन् ।उहाँले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताएका छन् ।