Logo

नारायणकाजीको प्रतिक्रिया : बालुवाटारले अफवाह फैलायो, प्रतिगामीका मतियार ओलीसँग सहकार्य त सोच्नपनि सकिँदैन्



काठमाडौं, २२ जेठ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता नै नगरेको स्पष्ट पारेका छन् । बालुवाटार पुगेर ओलीसँग भेट गरेको र सरकारमा सहभागी हुन तयार रहेको प्रस्ताव राखेको समाचार रिपोर्टर्स नेपाल डटकममा आएपछि श्रेष्ठले उक्त समाचारमा कुनै सत्यता नभएको स्प्ष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमले निवर्तमान राज्यमन्त्री रामबीर मानन्धरको भनाई राखेर समाचार प्रकाशन गरेको थियो ।

नारायणकाजीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भने-“हामी पनि सरकारमा आउँछौं”

तर, श्रेष्ठले भने उक्त समाचारमा सत्यता नभएको भन्दै यसलाई बालुवाटारले फैलाएको अफवाह भएको बताए । उनले भने-“म बालुवाटार गएकै छैन् । केपी ओली त प्रतिगामीको मतियार हो । ओलीले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाए । केपी ओलीजस्तो प्रतिगामीको मतियारसँग सहकार्य गर्ने कुरा त सोच्नपनि सकिँदैन् । ओलीसँग अब न पार्टी, न सरकार केहीमा पनि सहकार्य हुँदैन् ।” श्रेष्ठले ओलीमाथि राष्ट्रघात गरेको आरोप लगाए ।

उनले ओलीले लोकतन्त्र र संविधानमाथि एकपछि अर्को गरेर प्रहार गरेको बताए । उनले भने-“ओलीबाट लोकतन्त्रमाथि प्रहार भयो । हामी त ओलीको विपक्षमा मोर्चाबन्दी गरेर उनलाई परास्त गर्नतर्फ लागेका छौं । हामी ओलीलाई सरकारबाट विस्थापित गरेरै छाड्छौं । हामी देश ओलीमुक्त पार्छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot