Logo

ओली सरकारमा मधेशवादीको बाहुल्यता



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्री बनेपछि पुर्नगठन गरेको मन्त्रिमण्डलमा मधेशवादी नेताहरुको बाहुल्य छ । मन्त्रिमण्डलमा अधिकांश तराई/मधेशबाट निर्वाचित भएकाहरुको बाहुल्यता छ ।

२ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, भौतिक भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङ्ग, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र महिला, बालबालिकामन्त्री रेणुका गुरुङ्गमात्र गैर मधेशी हुन् । १७ मध्ये १० जना जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधर हुन् ।

१० जसपाका मन्त्रीमध्ये एकजना मात्र गैरमधेशी छन् । प्रधानमन्त्रीसहित एमालेका ७ मन्त्रीमध्ये रघुवीर महासेठ मधेशी समुदायका हुन् । एमालेका ७ मध्ये प्रधानमन्त्रीसहित ४ जना तराई मधेशबाट चुनाव जितेर आएका थिए ।

मन्त्रिमण्डलको स्वरुपलाई हेर्दा मधेशवादी र मधेशी समुदायको बाहुल्यता छ । नेपालको इतिहासमा सम्भवतः पहिलोपटक क्याबिनेटमा मधेशवादी र मधेशी समुदायको बाहुल्यता रहेको देखिन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्