काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै मन्त्रिपरिषद पूनर्गठन गरेका छन् । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित दश जनालाई सरकारमा सहभागी गराएका छन् । जसपाबाट राजेन्द्र महतोले सरकारको नेतृत्व गरेका छन् ।
महतोलाई उपप्रधान एवम् सहरीविकासमन्त्री बनाईएको छ। रोचक त के छ भने यसपटकको मन्त्रिपरिषद पूनर्गठनमा धनुषाबाट तीन जना मन्त्री बनेका छन् । एमालेबाट रघुवीर महासेठ उपप्रधान एवम् परराष्टमन्त्री बने भने जसपाबाट उमाशंकर अरगरिया पर्यटनमन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले ‘भारतलाई मख्ख पार्ने गरी’ क्याबिनेट बनाएका हुन् ?
महासेठ र महतो उपप्रधानमन्त्री बने । प्रधानमन्त्री ओलीले मधेशमा महतो उपप्रधानमन्त्री बनेपछि एमाले कमजोरजस्तो देखिने भएकोले महासेठलाई पनि उपप्रधानमन्त्री बनाएर महतोलाई साइजमा राख्न यस्तो कदम चालेको जानकारहरु बताउँछन् । महतोभन्दा माथिल्लो बरियतामा महासेठ नै छन् । प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् । त्यसपछि तेस्रो वरियतामा महासेठ र चौथोमा मात्रै महतोलाई राखिएको छ ।
ओली सरकारमा मधेशवादीको बाहुल्यता
हिजो गरिएको मन्त्रिपरिषद पुनर्गठनमा १३ जना मन्त्री बाहिरिएका छन् । महासेठ यसअघि ओली क्याविनेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । उनी सरकारबाट बाहिरिएपनि उनकी श्रीमती जुलीकुमारी महतोले मन्त्री बन्ने अवसर पाएकी थिईन् । उनीपनि हिजोबाट बहिर्गमनमा परेकी छिन् ।