Logo

एमाले नेता रघुजी पन्त अस्पताल भर्ना



काठमाडौं २२ जेठ । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । उनी बिहीबारदेखि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएका हुन् ।

उनको यसअघि पित्तशैलीको शल्यक्रिया गरिएको थियो । त्यसैको साइड इफेक्ट देखिएको आशंका गरिएको छ । आफ्नो स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको पन्तले जानकारी दिएका छन् ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्