काठमाडौं, २३ जेठ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको असार ६ गते साधारण सभा हुने भएको छ । कम्पनीको २३ औं वार्षिक सभा केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने भएको हो । सभा प्रयोजनार्थ कम्पनीले जेठ २४ गते एकदिन सोमबार बुक क्लोज गर्ने भएको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्ने, २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखा परिक्षकको नियुक्ति गर्ने भएको छ ।