Logo

केपी ओली धेरै सोचेर बोल्नुहुन्छ, तर बोलिसकेपछि त्यो पूरा गर्नुहुन्छ : अधिकारी



नेकपा (एमाले) का नेता खगराज अधिकारीले आफूहरु पार्टी एकताको लागि गम्भीर भएर लागेको सुनाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीलाई बलियो बनाउनको लागि सबै गम्भीर हुनुपर्ने बताए । प्रस्तुत छ नेता अधिकारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

माधवकुमार नेपाल पक्षको वक्तव्य बाहिर आएको छ कि प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर गल्ती गर्नुभयो भनेर, अब उहाँले माफी माग्नुपर्छ, अनि सहमति हुन्छ, त्यसपछि सहकार्य र समन्वय हुन्छ भनेर माधव नेपाल पक्षले भनेको छ नि ? तपाईँहरु नेपाल पक्षको शर्त स्विकार गर्नुहुन्छ त ?

कतिपय कुरा उत्तेजक बनाउने, एकताका कुराहरुलाई भाँड्ने हिसाबले पनि हुन्छन् । यो कुरालाई यति नकारात्मक तरिकाले पनि किन सोच्ने ? आफुले अडान लिईहालियो एउटा केही त भनौँ भन्ने होला । यहाँ एकताका पक्षधर साथीहरु पनि हुनुहुन्छ । यो एकता कुनैपनि हालतमा हुन नदिने साथीहरु पनि हुनुहुन्छ । एकतालाई बलियो बनाउने भन्दापनि यसलाई कमजोर गर्ने कुराहरु हाम्रो पनि हुन सक्छन । त्यसको समिक्षा गर्ने हो । मूल कुरा भनेको मूल कुरा हो । हलो अड्काउने, गोरु पड्काउने गर्ने होईन । पार्टीको मुल नेतृत्वलाई वितृष्णा फैलाउने र भत्र्सना गरेर एकता त हुनसक्दैन । त्यसकारण मुल नेतृत्वका सम्वन्धमा हाम्रो पार्टीका विधान, विधि र पद्धती अनुसार र आत्मआलोचनाका माध्यामबाट नै जानसक्छौँ र यो पार्टी एकतालाई बलियो बनाउन सक्छौँ । तर, अहिलेका सम्र्पुण व्यवहारहरुले यस्तो भन्ने ठाउँ छ र ?

माधवकुमार नेपालले भन्नुभएको छ कि अब बालुवा पेलेर तेल आउँदैन, एकताको लागि त पहिले केपी ओली सच्चिनुपर्छ भन्नुभएको छ नि ?

यो एकता नहँुदा अलग अलग ठाँउमा भनेको हो भने त्यसप्रकारको कुरा हो, नत्र उहाँहरुले विश्वासको मत लिँदा ह्वीप उल्लंघन गरेको कुरालाई के भन्ने ? पार्टीको वरिष्ठ नेता बादललाई हराएर अर्को पक्षसंग मिलेको कुरालाई के भन्ने ? चन्द्र बहादुर खड्कालाई हराएर काँग्रेसलाई जिताएको कुरामा के भन्ने ? आफ्नो पार्टी हुँदाहुँदै र्को दलको नेतालाई फलानोलाई प्रधानमन्त्री बनाउ भनेर कुदेको छ, कहीँ अदालतमा अनि राष्ट्रपति कार्यालयमा अब यो कुरालाई के भन्ने ? आँफै भन्नुहोस् । समिक्षा गर्नुहोस् । के हुन सक्छ उहाँहरुले छैटौं महाअधिवेशनपछि बामदेवहरुलाई, घनश्याम भुसाललाई माधव कमरेडले लेख्नुभएको परिपत्रनै छ नि त्यसैले न्यूनतम त्यत्ति त पालना गर्नुपर्यो । त्यसैले यो बारेमा धेरै समिक्षा गर्नुभन्दा पनि कालो बादलभित्र चाँदीको सानो घेरा खोज्दै जाने हो । र, एकता सम्भावना भईन्जेलसम्म अन्तिमसम्म कोशिस गर्ने हो । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ कि एकताको लागि हदैसम्मको लचिलो हुनुपर्छ । हामीहरु त्यसमा बडो ईमान्दारिताका साथ निष्ठापूर्वक लागेका छौँ ।

तर, केपी शर्मा ओली बास्तविक ईमानदार हुनुहुन्न अरे ? माधवकुमार नेपालको भनाइ छ नि ?

यो दुनियाँले जानेको छ । उहाँ के भन्नुहुन्छ त्यही गर्नुहुन्छ केपी ओली । अरुको कुरा तपाईँले पनि देख्नुभएको छ हामीले भन्नुपदैन्, तपाईँ आँफै बुझ्नुहुन्छ । यस्तो बेला एकता भाँड्ने र पार्टीमा षड्यन्त्र गर्ने, अनि पार्टीलाई अन्त लगेर बुझाउने, पार्टी त फुटाउने हो र तपाईँहरुको लागि केहीबेर रोकेको हो भन्नेजस्ता अभिव्यक्ति आउनु अत्यन्तै खेदजनक कुरा हो ।

त्यसोभए तपाईँहरु वार्ताको लागि तयार हो त ?

हामी त गरेको नै छौँ त सधैँ ।

पछिल्लो समय वार्ता भएको देखिँदैन नि ?

वार्ता कस्तो हुन्छ भने केही साथीहरु जसरीपनि घुक्याई घुक्र्याई गर्ने, मुल पक्षले उसलाई समेट्न खोज्ने गर्दा बाहिर कन्जम्पसन किनभने अनुसासनको घेरा तोडेर सारै पर पुगेको हुनाले हामीले गलीत गरेका होईनौँ । उतैबाट भयो भनाउनुपर्ने छ । तर, गल्ति त भएको त्यहीँबाट छ । त्यसैले यो एउटा आफ्नो भोगाईलाई सही हो आफ्नोले भोगेको कुरालाई सही हो भनाउने कुरा मात्र हो । तर, वार्ता अहिले हामीमात्र होईन शेरवहादुरजी, म लगायतले त यो नेकपा विभाजन हुनुभन्दा अगाडि नै हामीले त वार्ता गरिरहेकै छौँ । त्यसको परिणाम आउन समय लाग्नसक्छ । कहिलेकाहीँ परीणाम सोचेभन्दा छिटो आउनसक्छ । कहिले काहीँ लामो हुन्छ । त्यसैले केपी ओलीले वार्ता गर्दैन र कुरा मिल्दैन भन्ने कुरा गलत हो । कहिलेकाहीँ केपी ओलीले जे गर्नुहुन्छ, त्यो जिम्मा लिनुहुन्छ । केपी ओली बरु धेरै सोचेर बोल्नुहुन्छ, तर बोलीसकेपछि एक्लै भएपनि त्यो जिम्मा आफुले लिनुहुन्छ । त्यो नैतिकता, त्यो मनोबल केपी ओलीसंग छ । नेपालको राजनीतिमा जम्मैले बुझेकै छन त्यसैले म यसमा बहस र विवाद गर्न चाहन्नँ ।

माधवकुमार नेपाल पक्षको भनाई छ कि केपी ओलीले आम रुपमा माफी माग्नुपर्छ, र अनिमात्रै हामी एकताको लागि तयार हुन्छ र क्षमा दिन तयार छौँ भनेर, यदि केपी ओलील्े माफी माग्नुभएन भने पार्टी विभाजन गर्छौं भन्नुभएको छ नि ?

पार्टीमा आउनुहोस् । बहस गरौँ । छलफल गरौँ । अरु तपाईँ एउटा कुरा के भन्नुहोस् भने अब २८ गतेको बैठकको सम्बन्धमा उहाँहरुले कुरा गर्नुभएको छ । अब त्यो २८ गतेलाई मान्नुभएन भने ल आउनुहोस् न त ७ गते आउनुहोस भनेर उहाँले वार्ता गर्नुभयो । साथीहरु चियापान गरौँ अलि कुल भएर बार्ता गरौँ भन्नुभयो । तर, वार्ता बहिस्कार गर्ने नीति बनाउँछ कुनै पार्टीले त्यस्तो पनि गर्नुभयो । त्यसपछि ७ गते उहाँहरु बैठकमा आएको भए त त्यहाँ कुरा हुन्थ्यो नि त । अहिले ७ गतेकै बैठकमा आएर सबै कुरा गर्नुहोस भनेर मैले केन्द्रीय कमिटीकै बैठकमा कुरा राख्ने मान्छे मध्येको म हुँ । त्यसैले के होस् भने आफु कमजोर भएर वार्ताका लागि केपीले कुरा गर्छ जहिले जहिले ल उसलाई समस्या पर्छ होईन । समस्या त परिनै हाल्छ, हामीहरु समस्यामा नै जन्मेका हौँ । समस्या समाधान गर्दै जाने हो । समस्यादेखी डराउने कुरा छैन । त्यसैले दुनियाँमा गलत कुरा हुन्छन्, गलत प्रवृत्तिहरु हुन्छन् अनि गलत शैली हुन्छन, गलत चिन्तन हुन्छन । अपराध गरेका हुन्छन यी सबैलाई मुल्याङकनको आधारमा अगाडि बढ्दै गईन्छ । त्यसैले केपी ओलीले संसद् विघटन गरेको कुरा उहाँहरुलाई लागेको हो भने त सही देखियो नि त यो त ।

संसद् विघटन त गलत हो भनेर सबै दल सर्वोच्च अदालतमा गएका छन् अनि माधव नेपाल पक्षधर सांसदहरुले पनि हस्ताक्षर गरिसक्नुभएको छ त ?

संसद् विघटन त गल्ती हो, अनि अर्को पार्टीको नेतालाई गएर प्रधानमन्त्री बनाउ भन्ने कुरा त अच्चमै गल्ती हो । त्यसकारण त्यसको त समिक्षा हुन्छ नै तर पनि हामी बृहत्त एकताको लागि पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउने कुरालाई आन्तरिक एकता प्रस्ताव पनि हामीले पास गरेका थियौ । त्यो १९ बुँदे प्रस्ताव थियो । झलनाथ खनालले पार्टी चलाउन नसक्दा भने हामी नयाँ ढङगले पनि जाउँला अहिले त्यसरी अलग भेला गर्न त हुँदैहँुदैन नि अहिले गरेको फेरि यसो गर्नुपर्छ भन्ने नै त्यो कम्युनिष्ट आन्दोलन विपरित अत्यन्तै गम्भीर गल्तीको कुरा हो । त्यस्तो कुरा गरेर अनि त्यहाँबाट निर्णय सुनाएर यसो गर्नुपर्छ भन्नुनै गलत कुरा हो । यस्ता गलत काम हामी कोही कसैबाट नगरौँ ।

होईन केन्द्रीय कमिटीको बैठकबाट निर्णय भएको छ नि त ?

त्यो केन्द्रीय समिति कुनै वैध केन्द्रीय समिति होईन ।

किन होईन ? उहाँहरुले केन्द्रीय कमिर्टीकौ बैठक बोलाउन सक्नुहुन्छ अरे, उहाँहरुसंग त बहुमत छ नि ?

कुन पार्टीको हो उहाँ ? एमाले हो ?

माधवकुमार नेपालले त एमालेको नेता भनेर हस्ताक्षर गर्नुभएको छ त ? तपाईँलाई थाहा छैन ?

त्यसै एमाले भन्न पाईन्छ ?

किन एमाले भन्न नपाउने ? माधवकुमार नेपालले त हिजोपनि हस्ताक्षर गर्नुभयो छ नि प्रधानमन्त्रीको विरुद्धमा ?

संसदीय राजनीति र दलीय राजनीतिलाई खत्तम पार्न खोज्ने, अरुको बुर्इँ बोकेर हामी त्यसरी जानुहुँदैन । कसरी एमाले, एमाले दुई वटा हुन्छ । निर्वाचन आयोगले मान्यता दिएको छ ? त्यसकारण हामी यो कुरा त गर्दै नगरौँ । होईन, हामी एमाले थियौँ । छौँ । अहिले अभद्र काम गरिरहेका छौँ । असन्तुस्ट भएर भन्ने कुरा एउटा कुरा हो । त्यो त नेपालको कुन कानुनले मान्यता दिन्छ ? कुन संविधानले मान्यता दिन्छ भन्नुहोस त ?

हिजो ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध सबै दलले हस्ताक्षर गर्नुभएको छ ? सरकारको गलत रबैयाको विरुद्धमा सबैले एक भएर जानुपर्छ भनेर ? तपाईँको प्रतिक्रिया के छ ?

उहाँहरु प्रचण्ड, शेरबहादुरहरु यस्तो गलत काम गर्नुहुन्छ । अर्काको पार्टीका नाम उहाँहरुले झुन्ड्याउनुहुन्छ । नेपाली काँग्रैस भनेर अर्काले गर्यो भने के हुन्छ ? नेकपा माओवादी केन्द्र भनेर अर्काले गर्यो भने के हुन्छ ? उहाँहरु त्यस्तो गलत काममा प्रोत्साहित गर्ने र असंसदीय काममा उहाँहरु उद्धत हुनहुन्छ । रिक्ष्स र आवेगले त्यसकारण उहाँहरु गलत काम गरिरहनुभएको छ । यो शेरबहादुरजीहरुले पनि प्रचण्डजीहरुले पनि गर्नुहुन्छ यो काम नेकपा एमालेले गरेको छ निर्णय ।

उहाँले एमालेको वरिष्ठ नेताको हैसियतले हस्ताक्षर गरिरहनु भएको छ त हरेक निर्णयमा, विपक्षी गठबन्धनमा हुनुहुन्छ उहाँ त?

त्यो गलत हो । त्यस्ता गलत कुरालाई प्रोत्साहन गर्दा भोलि नेपाली काँग्रेसको वरिष्ठ नेता भनेर कसैले गरिदेला अनि त्यसले गर्दा के हुन्छ ? अहिले त यो गलत कुराले एमालेलाई अप्ठ्यारो होला । केपी ओलीलाई अप्ठ्यारो होला भन्नुहोला । तर सिष्टम ध्वस्त गर्दै हुनुहुन्छ उहाँहरुले, अनि राजनीतिक प्रणाली ध्वस्त गर्दै हुनुहुन्छ । संविधान खाँदै हुनुहुन्छ उहाँहरुले । नेपालको दल सम्बन्धी ऐनले मान्यता दिएको छ । चालिस प्रतिशत हो उहाँहरु यस्ता कुरालाई बुझ्न पर्दैन । म प्रधानमन्त्री हुन पाउँ भनेर निवेदन दिनेहरुले कति अकर्मणीय काम गर्नुभएको छ भन्नुहोस् त । त्यसको पछि पछि लागेर ।



प्रतिक्रिया दिनुहोस्