Logo

ओलीको एकता प्रस्तावलाई योगेशको स्वागत



काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको एकता प्रस्तावको स्वागत गरेका छन् । उनले ओलीले आज सार्वजनिक गरेको वक्तव्य मूलतः सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले ओलीको यो प्रस्तावले शीर्ष तहमा पूनः वर्ताको ढोका खोलेको पनि सुनाए ।

उनले लेखेका छन्-“नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।”

Related News: 

पार्टी एकताको लागि अध्यक्ष ओलीको ६ बुँदे प्रस्ताव, २०७५ जेठ ३ गतेको अवस्थामा फर्किने प्रतिबद्धता (एकताको आह्वानपत्रसहित)

माधव पक्षले भन्यो : ओलीको एकता प्रस्तावमा फस्दैनौं, अदालतमा गरेको हस्ताक्षर फिर्ता लिन्नौं




प्रतिक्रिया दिनुहोस्