Logo

प्रधानन्यायाधीश जबरा अस्वस्थ भएपछि संवैधानिक इजलास बुधबारसम्म स्थगित्



काठमाडौं, २४ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि आज बस्ने भनिएको संवैधानिक इजलास बुधबारसम्मको लागि स्थगित् भएको छ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानन्यायाधीश जबराले आफू अस्वस्थ भएकोले आजको इजलास स्थगित गरिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि हिजोदेखि सुनुवाई भएको छ । तर, सरकार पक्षका वकिलहरुले इजलासमा रहेका न्यायाधीशहरु दिपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई लिएर प्रश्न उठाएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्