Logo

स्वाबलम्बन लघुवित्तको लिलामी शेयर विक्रिमा



काठमाडौं, २४ जेठ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी शेयर विक्रिमा ल्याएको छ । संस्थाले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्रि खुल्ला गरेको हो ।

उक्त शेयर लिलामीमा प्रतिकित्ता प्रतिशेयर मुल्य ७५१ रुपैयाँ निर्धारण गरेर असार २७ गतेसम्मका लागि बोलपत्र पेश गर्न सकिने कम्पनीले व्यवस्था गरेको छ ।

कम्पनीले तोकेको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर १ हजार कित्तादेखि अधिकतम सबै कित्ताको लागि बोलकबोल पेश गर्न सकिने जनाएको छ । लिलामी शेयर तथा विक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोल्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्