काठमाडौं, २४ जेठ । एनएमबि बैंकले एकैपटक दुइटा कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकको अनुसार बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाईनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।
एनएमबि बैंक र माउन्टेन बाईक विक्रेताहरु बीच जुन महिना भरी शून्य प्रतिशत ईएमआईमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना बैंकले प्रस्तुत गरेको छ ।
यस अन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काठमाडौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काठमाडौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरीद गर्न सक्ने बताएको छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।