Logo

मेडिकलको कार्ड बोकेर लागुऔषध ओसार पसार गर्दा…



तनहुँ, २४ जेठ । शुक्रबार लागुऔषध सहित २ जना पक्राउ परेका छन् । आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल फेनारगन, ९३ एम्पुल नुफिन र ४ थान सिरिन्ज सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखा, गोरखा नगरपालिका–१४ पाङ्कोट बस्ने तनहुँ व्यास नगरपालिका–१२ घासीकुवा घर भएका २६ वर्षीय उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका–७ सतिपिपल बस्ने सोही गाउँपालिका(१ घर भएका २४ वर्षीय पुर्ण सिंह गुरुङ रहेका छन् ।

मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अर्याल मेडिकल हल नयाबजार गोरखाको पुर्ण सिंह गुरुङको नाममा परिचय भिरी उक्त लागूऔषध ओसार पसार गर्दै गरेको अवस्थामा मोटरसाइकल चालक गुरुङ र मोटरसाइकलमा सवार खत्रीलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धना गरिरहेको बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot