Logo

रेडक्रसबाट मास्क र पिपिई प्रदान



खलङ्गा, २४ जेठ: नेपाल रेडक्रस सोसाइटी जुम्लाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई १० हजार मास्क र २० सेट पिपिई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेषबहादुर थापा र नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य ललितजङ्ग शाहीबाट उक्त सामग्री प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तरण गरिएको हो ।

चीन रेडक्रसबाट प्राप्त भएका ३६ हजार मास्कमध्ये १० हजार स्थानीय प्रशासन र अन्य स्थानीय तह तथा अन्य क्षेत्रलाई वितरण गरिने भएको रेडक्रस जुम्लाका मन्त्री इन्द्रराज डाँगीले बताए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा सञ्चालन भइरहेका क्वारन्टिन साइटको सहयोगका लागि एकसय परिवार जतिलाई पुग्ने गरी खाद्य सामग्रीसमेत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसँग माग गरिएको छ ।

रेडक्रस जिल्ला शाखाले विगत एक वर्षदेखि कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाभित्र लक्षित गरी कोभिड पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ । जनचेतना अभिवृद्धि गराउने, कोभिडसम्बन्धी सही सूचना प्रवाह गर्ने, बाल संरक्षणसम्बन्धी गतिविधि, कन्ट्याक्ट टे«सिङ सहयोग, समुदाय र विद्यालयमा स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी गतिविधि भइरहेको मन्त्री डाँगीले बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्