Logo

बस्तीमा गएर टिकटक बनाउन थालेपछि राउटे युवती असुरक्षित, बाहिरी व्यक्तिलाई प्रवेशमा रोक



सर्खेत, २४ जेठ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिका आँपसोती जनैघाठस्थित भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायका राउटे बस्तीमा बाहिरी व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ ।

सामाजिक संञ्जालमा सार्वजनिक भएको अश्लिल क्रियाक्रलाप गरेको भिडियो राउटे समुदायमा पुग्न नदिन बाहिरी मानिसलाई प्रवेश निषेध गरिएको जिप्रका सुर्खेतले जनाएको छ ।

राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन पक्राउ परेका छन् । प्रहरीको अनुसार पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती असुरक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुव्र्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्