काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सांसदले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेहरु दुवै जसपाको महन्थ ठाकुर समूहका प्रदेश सभा सांसद हुन् ।
जसपाको उपेन्द्र यादव समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा छ । तर, ठाकुर समूह भने ओली सरकारमा सहभागी छ ।
आज जसपाका २ प्रदेश सभा सांसदले विपक्षमा मतदान गरेपनि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत हासिल गरेका छन् । अब उनले राजीनामा दिएको बाहेकको अवस्थामा अर्को चुनावसम्म मुख्यमन्त्री हुने निश्चित भएको छ ।
जसपाका प्रदेश सभा सांसदहरु
कृष्ण चौधरी
मालामती राना थारु