Logo

मुख्यमन्त्री त्रीलोचन भट्टविरुद्ध मतदान गर्ने एमाले सांसद (नामावलीसहित)



काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका सभामुखसहित २५ प्रदेश सभा सांसदमध्ये ७ जनाले मात्र मुख्यमन्त्री त्रीलोचन भट्टले लिएको विश्वासको मतको विपक्षमा मतदान गरे । बाँकी १७ प्रदेश सभा सांसदले भोट क्रस गरेर भट्टलाई विश्वासको मत लिन सफल बनाए ।

भट्टको पक्षमा मतदान गर्नेमा एमालेका माधवकुमार नेपाल खेमाका प्रदेश सभा सांसद हुन् । बाँकी ७ जना एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर प्रदेश सभा सांसद हुन् ।
आजको सुदूरपश्चिम प्रदेश सभाको मतदानको नतिजाले उक्त प्रदेशमा ओली खेमा कमजोर देखिएको छ । नेपाल समूहको त्यहाँको संसदीय दलमा दुई तिहाई देखिएको छ ।

त्रीलोचन भट्टका विरुद्ध मतदान गर्ने एमाले प्रदेश सभा सांसदहरु
रतन थापा
नेपालु चौधरी
लीलाधर भट्ट
पठानसिंह बोहरा
माया तामाङ
बलदेव रेग्मी
ग्याल्बोसिंह बोहरा



प्रतिक्रिया दिनुहोस्