Logo

चीनको वुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अमेरिकी रिपोर्टको निष्कर्ष



एजेन्सी, २५ जेठ । विश्वभर महामारी बनेको कोराना भाइरस (कोभिड–१९) चीनको वुहान शहरमा रहेको वुहान इन्सटीचियुट् अफ भाइरोलोजी ल्याबबाट फैलिएको हुनसक्ने अमेरिकी रिपोर्टले निश्कर्ष निकालेको छ । अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले सोमबार रिपोर्टबारे प्रकाशन गरेको हो ।

अमेरिकी रिपोर्ट अनुसार वुहानको ल्याबबाट भाइरसको उत्पत्ति भएको हुनसक्ने भन्दै थप अनुसन्धान आवश्यक रहेको अमेरिकी सरकारी ल्याबको निष्कर्ष रहेको छ । भाइरसको उत्पत्तिबारे थुप्रै मिथ्याहरु सार्वजनिक भइरहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरसको उत्पत्ति बारे अनुसन्धान गर्न अमेरिकी गुप्तचर विभागलाई समयसीमासहित निर्देशन दिएका थिए ।

अमेरिकी गुप्तचर विभागले भाइरसको उत्पत्तिबारे दुईवटा निश्कर्ष निकालेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा उल्लेख गरेको छ । अमेरिकी गुप्तचर विभागका अनुसार दुर्घटनावश चीनको ल्याबमा भाइरसको उत्पत्ति भएको वा संक्रमित जनावरबाट मानिसमा उक्त संक्रमण फैलिएको हुन सक्ने बताइएको छ । तर, यस विषयलाई पुष्टि गर्न नमिल्ने समेत गुप्तचर विभागले प्रष्टाएको छ ।

सन् २०१९ मा ट्रम्प प्रशासनले वुहानको ल्याबमा थुप्रैं विरामी फेला परेको थियो र उपचारका लागि अस्पतालको सहयोग लिएको समेत जनाइएको थियो । अमेरिकी सरकारी निकायले उक्त विषयमा बारम्बार चीनले थोरै पारदर्शिता देखाएको भन्दै आरोप समेत लगाइ रहेको छ । तर, चीनले भने भाइरसको उत्पत्ति आफ्नो ल्याबबाट नभइ अमेरिकी सैनिक वेस क्याम्पबाट फैलिएको बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot