Logo

स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता शेयर आजदेखि लिलामीमा



काठमाडौं, २६ जेठ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला गरेको छ । संस्थाले (जेठ २६) आजदेखि प्रतिशेयर मुल्य न्युनतम ७५१ रुपैयाँ निर्धारण गरी विक्रि खुल्ला गरेको हो ।

कम्पनीले शेयर खरिद गर्न इच्छुक संस्थापक, व्यक्ति तथा आवेदकले तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी असार २९ गतेसम्म बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरेको छ ।
कम्पनीको शेयर तथा विक्रि प्रबन्धकमा श्री हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र असार ३० गते बिहान १० बजे हिमालयन क्यापिटल लिमिटेड, कर्मचारी संचय कोष भवन, ठमेल काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्