काठमाडौं, २६ जेठ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सुचीकृत गरेको छ । नेप्सेले कम्पनीको २० लाख १० हजार कित्ता बोनस शेयर सुचीकृत गरेको जनाएको छ ।
सुचीकृत भएको शेयर शेयरधनीको डिम्याट (हितग्राही) खातामा आएपछि मात्र खरिद बिक्रि गर्न सक्ने कम्पनीले जनाएको छ ।