Logo

जनमोर्चाका सांसदलाई थमौती गर्ने आदेश खारेजीको मागसहित सर्वोच्चमा निवेदन दर्ता



काठमाडौं, २६ जेठ । गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश खारेजीको मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

थापालाई थमौती गर्ने आदेश खारेजीको माग गर्दै गण्डकी प्रदेश सभाका सभामुख, प्रदेश सभा सचिवालय र राष्ट्रिय जनमोर्चाले निवेदन हालेका हुन् । अदालतले भोलि (बिहीबार) का लागि पेसी तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्