Logo

बुधबार ५७ सय ६८ डिस्चार्ज



काठमाडौं, २६ जेठ । देशभर आज ५ हजार ७ सय ६८ जना कोरोना सक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५ लाख ९९ हजार ७ सय ८ पुगेको छ । १२ हजार ७४ जनाको पिसीआर परिक्षणमा ३ हजार ४ सय ४९ र ४५ सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जनालाई संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्