Logo

संसद् विघटनसम्बन्धी मुद्दाको लागि ‘एमिकस क्युरी’ झिकाउने आदेश (आदेशसहित)



काठमाडौं, २६ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि एमिकस क्युरी झिकाउने आदेश दिएको छ । आजको संवैधानिक इजलासको सुनुवाईपछि जारी आदेशमा यस्तो भनिएको हो । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई÷दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले एमिक क्यूरी, प्रत्यर्थी कानुन ब्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दिपककुमार कार्की, मिरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्