Logo

मुख्यमन्त्री राउतद्धारा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट तीन जनाले लिए सपथ



काठमाडौं, २६ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन जनालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट मन्त्री बनेकाहरुले आजै साँझ सपथ लिएका हुन् ।

कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार, वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका र ‌ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा मन्त्रीको सपथ लिएका हुन् । मुख्यमन्त्री राउतले नेकपा (माओवादी केन्द्र) लाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्