Logo

खोला उत्खननमा संलग्न स्काभेटरसहित सवारी साधन प्रहरीको नियन्त्रणमा



काठमाडौं, जेठ २७ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले नदीजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर र एक स्काभेटर नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–६ चुत्रेनीस्थती खोलामा गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन दोहनमा प्रयोग गरिएको ध १ त ५८२, ग १ त ५४४८ र ध १त ५३२८ नम्बरको ट्याक्टर र बा १क ६४०३ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

म्याग्दी र कालिगण्डकी नदीममा विभिन्न साधनको प्रयोग गरी भइरहेको दोहनको नियन्त्रणमा सक्रिय रहेको प्रहरीले विषेश सूचनाका आधारमा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएको प्रहरी निरीक्षक एवम् सूचना अधिकृत विरेन्द्रराज गुरूङले बताए । निषेधाज्ञाको अवधिमा दोहनमा संलग्नलाई निगरानी गर्न प्रहरीले टोली नै परिचालन गरेको जनाइएको छ । प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले म्याग्दी र कालिगण्डी नदीमा हेभी इक्युमेन्टको प्रयोग गरी भइरहेको दोहन नियन्त्रणलाई नियमित कार्यतालिका तथा अनुगमनलाई समेत थप प्राथमिकता दिएको बताए ।

नदीजन्य पदार्थ उत्खनन गरी नियम विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउँदै सहयोगका लागि सरोकारवाला निकायलाई समेत प्रहरीले अनुरोध गरेको छ। म्याग्दीका स्थानीय तहले नदीमा मेसिनको प्रयोग गरी उत्खनन गर्ने दिएपनि नदीजन्य पदार्थको उत्खननमा मेसिनको प्रयोग गर्न पाइदैन ।

म्याग्दीका स्थानीय तहले बनाएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ९आईईई० मा नदीजन्य सामग्री उत्खननका लागि हात र हातेऔजार प्रयोग गर्ने उल्लेख भएपनि राजनीतिक पहुँचका कारण तटिय क्षेत्रको बस्ती नै जोखिममा पर्ने गरी नदी दोहन रोकिएको छैन्। बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा दलीय पहुँच र प्रभावमा नदीमा दोहन हुने गरेको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot