Logo

गण्डकीमा मुख्यमन्त्री गुरुङ्गले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः



काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आज विश्वासको मत लिन लागेका छन् । तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ ।

संविधान बमोजिम अल्पमतको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका गुरुङ्गले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आज मत लिने निर्णय लिएका हुन् । कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत चाहिन्छ ।

नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । मुख्यमन्त्री गुरुङ्गले एमालेको २७, राजमोको १ र स्वतन्त्रको १ गरी २९ मत अधिकतम पाउने सम्भावना छ । उनले विश्वासको मत लिने माओवादी, काँग्रेस, जसपा या राजमोबाट फ्लोर क्रस हुनुपर्छ । राजमोबाट १ मत मात्र फ्लोर क्रस हुने देखिएको छ । त्यसकारण पनि गुरुङ्ग विश्वासको मत लिन असफल हुनेछन् ।

विश्वासको मत लिन असफल भए सविधान बमोजिम प्रदेश प्रमुखले बहुमतको सरकारको आव्हान गर्नेछिन् । त्यतिबेला काँग्रेसका कृष्णचन्द्र नेपालीले बहुमतको दाबी प्रस्तुत गर्ने तयारी भइसकेको छ ।

नेपालीले बहुमतको दाबी सिद्ध गर्न काँग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, राजमोका २ का अलावा स्वतन्त्र सांसद दिपक मनाङको समर्थन आवश्यक हुन्छ । सभामुखले राजीनामा दिएर बढेमा पनि नेपालीको पक्षमा बहुमत पुग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot