काठमाडौं, २७ जेठ । रैराङ हाइड्रोपावरको ३ वर्षदेखि रोक्का रहेको शेयर कारोबार फुकुवा भएको छ । शेयर कारोबारको लागि रोक्का भएको बाँडफाँटको मितिले ३ वर्ष पुरा भएको भन्दै कम्पनीले संस्थापक शेयर कारोबारयोग्य भएको जनाएको छ ।
कम्पनीले ३ वर्ष अगाडी २०७५ साल जेठ ९ गते सर्वसाधारणको लागि आइपीओ विक्री गरेको थियो । तर हालसम्म पनि लाभांश वितरण गरेको छैन् । कम्पनीको धितोपत्र दोस्रो बजारमा ५६ करोडको ५६ लाख कित्ता शेयर सुचीकृत रहेको छ भने चालु आवको तेस्रो त्रैमाससम्ममा ३ हरोड ८५ लाख खुद नाफा गरेको छ ।