Logo

एनआईसी एशिया बैंकलाई ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न बोर्डको अनुमति



काठमाडौं, २७ जेठ । नेपाल धितो पत्र बोर्डले एनआईसी एशिया बैंकलाई ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको छ । बोर्डले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

कुल कित्तामध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको बैंकले ब्यक्तिगत तरिकाले संघसंस्थाहरुलाई विक्रि गर्ने भएको छ भने बाकी १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारणले खरिद गर्न पाउनेछन् । बैकले ऋणपत्र निस्कासन तथा विक्रि प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot