काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट ६ मन्त्री र १ राज्यमन्त्रीसहित ७ जना र जनता समाजवादी पार्टी, नेपालको महन्थ–राजेन्द्र पक्षबाट एक जना गरी ८ जनालाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज अपराह्न ४ बजे तय भएको बालुवाटारस्रोतले जनाएको छ ।
नवनियुक्त मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, कृषिमा ज्वालाकुमारी साह, उद्योगमा राजकिशोर यादव,, वनमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।
File Photo/ReportersNepal