Logo

ओली सरकारमा प्रदेश २ को बहुमत किन (विवरणसहित)



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेको एक हप्तामै मन्त्रीहरु थपेका छन् । आज थपिएका मन्त्रीमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका राजकिशोर यादव पनि छन् ।

यादवसहित मन्त्रिमण्डलमा ११ जना जसपाको ठाकुर समूहका छन् । जसमध्ये १० जना प्रदेश २ कै हुन् । रेणुका गुरुङ्ग मात्र काठमाडौंकी हुन् ।

नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका रघुवीर महासेठ पनि प्रदेश २ कै हुन् । धनुषाबाट चुनाव जितेका महासेठसहित मन्त्रिमण्डलमा ११ जना प्रदेश २ का छन् ।

आज नियुक्त ३ मन्त्रीसहित कुल १९ जना मन्त्री भएका छन् । प्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा २० जना रहेका छन् । जसमध्ये ११ जना प्रदेश २ का छन् । १० जना जसपाका मात्र छन् ।

प्रदेश २ को मन्त्रिमण्डलमा बहुमत हुनुलाई अर्थपूर्ण मानिएको छ । नेपालको राजनीतिमा कुनैबेला सबैभन्दा कमजोर मानिएको प्रदेश २ अहिले सबैभन्दा बलियो शक्ति बनेको छ । मन्त्रिमण्डलमा पनि प्रदेश २ कै प्रभाव देखिएको छ ।

मधेश केन्द्रित दलहरुको हालीमुहाली रहेको प्रदेश २ लाई ११ जना मन्त्री दिनुमा ओलीको सत्ता टिकाउने रणनीति देखिन्छ । तर, प्रदेश २ बाट बहुमत संख्यामा मन्त्री बन्नुलाई मधेशको मुद्दामा ओली लचिलो भएको सन्देश पनि हो । बाह्य शक्तिले समेत आफ्नो प्रभाव बढेको सन्देश दिन खोजेको रुपमा पनि कतिपयले बुझेका छन् ।

एमालेबाट मन्त्री भएकाहरु
विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री
रघुवीर महासेठ, उपप्रधानसहित परराष्ट्रमन्त्री
वसन्त नेम्वाङ, भौतिक पूर्वाधारमन्त्री
कृष्णगोपाल श्रेष्ठ, शिक्षामन्त्री
शेरबहादुर तामाङ, स्वास्थ्यमन्त्री
लीलानाथ श्रेष्ठ, कानुनमन्त्री
खगराज अधिकारी, गृहमन्त्री
नैनकला थापा, सञ्चारमन्त्री

जसपाबाट मन्त्री भएकाहरु
राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकासमन्त्री
शरतसिंह भण्डारी, ऊर्जामन्त्री
अनिलकुमार झा, खानेपानीमन्त्री
राजकिशोर यादव, उद्दोगमन्त्री
लक्ष्मणलाल कर्ण, भूमिसुधारमन्त्री
विमल श्रीवास्तव, श्रममन्त्री
चन्दा चौधरी, महिला, बालबालिकामन्त्री
उमाशंकर अरगरिया, वनमन्त्री
एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री
चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ, महिला तथा बालबालिका राज्यमन्त्री

(नोटः गृहमन्त्री अधिकारी, सञ्चारमन्त्री थापा र उद्दोगमन्त्री यादव आज नियुक्त भई सपथ लिन बाँकी छ)



प्रतिक्रिया दिनुहोस्