Logo

गणेश लामाले रातारात मनाङेलाई यसरी मनाए



काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन दुई ‘ग्याङस्टर’ को महत्वपूर्ण भूमिका हुने भएको छ । यसअघि पृथ्वी सुब्बा गुरुङको सत्ता संकट टार्न दुईपटक ग्याङस्टरबाट सांसद बनेका दिपक मनाङेले निर्णायक भूमिका खेलेका थिए । यसपटक मनाङेले पृथ्वी सुब्बा गुरुङको साथ छाडिदिएका छन् ।

एक महिनाभित्र दुईपटक मन्त्री बनेका मनाङेले अब कृष्णचन्द्र नेपालीलाई साथ दिने भएका छन् । उनको एक मतले नेपालीको बहुमत दाबी पुग्न सक्छ । अब प्रदेश प्रमुखले बहुमतको सरकार गठनको आव्हान गर्दा मनाङेको मत नै निर्णायक हुनेछ ।

मनाङेलाई साथमा लिन यसपटक अर्का ग्याङस्टर गणेश लामाले मुख्य भूमिका रह्यो । विजयकुमार गच्छेदारको निर्देशनमा उनी २६ जेठको साँझ पोखरा हान्निएका थिए । १० बजे राति पुगेर रातारात मनाङेलाई भेटेका थिए । उनले काँग्रेसका केही प्रभावशाली नेताहरुसँग मनाङेलाई सम्पर्क पनि गराए । मनाङेले पनि एमालेका आफू पक्षधर प्रभावशाली नेताहरुसँग परामर्श गरे । त्यसपछि उनी पृथ्वी सुब्बा गुरुङलाई साथ नदिने निर्णयमा पुगे ।

अब मनाङले शर्तसहित कृष्णचन्द्र नेपालीलाई साथ दिने भएका छन् । त्यसका लागि एमालेको एक पक्षले केन्द्रीय राजनीति देखि गण्डकी प्रदेशको राजनीतिसम्म लेनदेन गरिसकेको बुझिएको छ ।

कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ । उनलाई ३० सांसदको समर्थन अहिल्यै नै छ । अब एक सांसद निर्णायक हुन्छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीले गणेश लामालाई नियन्त्रणमा लिएर रातभर वैदामस्थित प्रहरी प्रभागमा राखेको थियो । मनाङे भने निवास छाडेर होटलमा बसेका थिए । निषेधाज्ञाको बेलामा काठमाडौंबाट पोखरा आएकोले गणेश लामालाई नियन्त्रणमा लिइएको हो कास्की प्रहरीले बतायो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot