काठमाडौं, २८ जेठ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)को नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयरमुल्य समायोजन गरको छ । नेप्सेले कम्पनीको बिहीबार कारोबार भएको अन्तिम मुल्य ५८८ रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयरको लागि मुल्य समायोजन गरेको जनाएको छ ।
समायोजन गरी हकप्रदपछिको मुल्य ३ सय ४३ रुपैयाँ नेप्सेले तोकेको छ । समायोजन पछिको मुल्यको आधारमा कम्पनीको शेयर कारोबार आइतबारदेखि हुनेछ । कम्पनीको अनुसार जेठ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै उक्त हकप्रद शेयर खरिद गर्न पाउने भएका छन् ।
१ः१ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकितदरका ११ करोड कित्ता हकप्रद शेयर उक्त हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीलाई हकप्रद निष्कासन गर्नको लागि धितोपत्र बोर्डले जेठ ९ गते नै अनुमति दिएको थियो ।