Logo

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने



काठमाडौं, २८ जेठ । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

नेपाल धितो पत्र बोर्डले एनआईसी एशिया बैंकलाई ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको छ । बोर्डले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

उक्त ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म न्युनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ ।

कुल कित्तामध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको बैंकले ब्यक्तिगत तवरले संघसंस्थाहरुलाई विक्रि गर्ने भएको छ भने बाकी १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारणले खरिद गर्न पाउनेछन् । बैकको ऋणपत्र निस्कासन तथा विक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्