काठमाडौं, २८ जेठ । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि बिक्रि खुल्ला गरेको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन हो । बैंकले जेठ २५ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ‘आरबिबिएल डिबेञ्चर २०८३’ ६ वर्ष अवधि भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो ।
प्रतिकित्ता १ हजार रूपैयाँका दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता सर्वसाधारणका लािग बिक्रि गर्ने भएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।
बैंकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा आवेदन दिन सकिने जनाएको छ ।