काठमाडौं, २८ जेठ । सांग्रीला डेभलपमेन्ट बैंकले ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । आगामी असार ६ गतेदेखि बैंकले ७५ करोड रुपैयाँ बराबरको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७’ ऋणपत्र निष्काशन गर्ने भएको हो ।
ऋणपत्रमा असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । ऋणपत्र प्रतिइकाई मुल्य एक हजार रूपैयाँ तोकिएको छ ।
बैंकको अनुसार वार्षिक ९ प्रतिशत ब्याजदर भएको कुल निष्काशन हुने ऋणपत्र ७ लाख ५० हजार इकाई(युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट र ३ लाख युनिट सर्वसाधारणका लागि विक्रि गरिने भएको हो ।
सर्वसाधारणलाई छुट्टाइएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशत युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गर्ने जनाइएको छ ।