काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दिपक मनाङ्गे’ लाई जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगको तस्विर सेयर गरेका छन् ।
थापाले हिजो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मत दिन अनुपस्थित् भएका सांसद गुरुङ यतिवेला कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धनमा उभिएका छन् । उनले हिजोमात्रै, मन्त्री पदबाट राजीनामासमेत दिएका छन् ।
प्रधानमन्त्रीका सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङ्गेलाई आखिर कसले लुकाएको रहेछ ? तस्बिर स्वयं यस्ताे बाेल्छ ।”