काठमाडौं, २८ जेठ । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँतने भएको छ । सर्वोच्च अदालतले नवौं महाधिवेशनको कमिटीको निर्णय वैधानिक हुने आशयको आदेश बिहिबार जारी गरेपछि ७ वर्षअघि भएको महाधिवेशनबाट निर्वाचित कमिटी नै ब्युँतने निश्चित भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ६ बुँदे एकताको प्रस्तावमा २ जेठ २०७५ को अवस्थाको पार्टी कमिटी कायमै राख्ने शर्तसहित उल्लेख गरेका थिए । त्यो भनेको नवौं महाधिवेशनको निर्वाचित कमिर्टी हो जसमा केही नेता स्थायी कमिटी र केन्द्रीय कमिटीमा पछि मनोनित भएका थिए ।
नवौं महाधिवेशनमा एमालेमा निर्वाचित १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारी ओली ओली खेमामा छन् । माधव नेपाल खेमामा पनि ५ जना नै छन् । विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्षको एक पद खाली छ । तीन पदाधिकारीमध्ये उपाध्यक्ष वामदेव गौतम, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई तटस्थ छन् । गौतम एमाले एकता अभियानमा सक्रिय छन् ।
महाधिवेशनपछि स्वतः वरिष्ठ नेता भएका झलनाथ खनाल र पार्टी नेताका रुपमा उल्लेख गरी पछि वरिष्ठ नेता बनाइएका माधव कुमार नेपाल नै ओलीविरोधी गुटका नेता हुन् । उनीहरुसहित एमालेको नवौं महाधिवेशनपछिको पदाधिकारीको गणना गर्दा ओली पक्षमा ५ जना र नेपाल पक्षमा ७ जना छन् ।
नेकपा एमालेको निर्वाचित २२ जना स्थायी कमिटीमा ९ जना ओली पक्षमा छन् । ९ जना नेपाल पक्षमा छन् । महाधिवेशनमा पदेन निर्वाचित स्थायी कमिटी सदस्य अमृतकुमार बोहरालाई जोड्दा १० जना नेपाल पक्षमा देखिन्छन् । तर, महाधिवेशनलगत्तै स्थायी कमिटी सदस्यमा मनोनित भएका सुवास नेम्वाङलाई समेत जोड्दा दुवै पक्षमा १०–१० जना छन् । ३ जना स्थायी कमिटी सदस्य तटस्थ भूमिकामा छन् ।
नवौं महाधिवेशनमा नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे नेपाल समूहमै छन् । तर, उनको मध्यमार्गी भूमिका देखिन थालेको छ ।
एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटीको ओली पक्षमा ६० र नेपाल पक्षमा ४० प्रतिशत संख्या देखिन्छ । तर, नेपाल पक्षमा पुराना र खाट्टी एमाले नेता कार्यकर्ता रहेका छन् ।
केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्य
१. केपी शर्मा ओली, अध्यक्ष
२. ईश्वर पोखरेल, महासचिव
३. प्रदीप ज्ञवाली, सचिव
४. पृथ्वी सुब्बा गुरुङ्ग, सचिव
५. विष्णु पौडेल, उपमहासचिव
६. शंकर पोखरेल, स्थायी कमिटी सदस्य
७. सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य
८. किरण गुरुङ्ग, स्थायी कमिटी सदस्य
९. छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य
१०. सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य, मनोनित
माधव नेपाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१. माधवकुमार नेपाल, पार्टी नेता
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. भीम रावल उपाध्यक्ष
४. अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
५. युवराज ज्ञवाली, उपाध्यक्ष
६. घनश्याम भुसाल, उपमहासचिव
७. भीम आचार्य, सचिव
८. सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य
९. मुकुन्द न्यौपाने, स्थायी कमिटी सदस्य
१०.अमृतकुमार बोहरा, पदेन स्थायी कमिटी सदस्य
तटस्थ
१. बामदेव गौतम, उपाध्यक्ष
२. गोकर्ण बिष्ट, सचिव
३. योगेश भट्टराई, सचिव