Logo

अप्राकृतिक मैथुन गर्ने हजुरबुवा पक्राउ



गुल्मी, २८ जेठ । अप्राकृतिक मैथुन गरेको अभियोगमा ४५ वर्षीय हजुरबुवा पक्राउ परेका छन् । चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै ४५ वर्षीय हजुरबुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्