Logo

२७ वर्षीया महिलालाई बलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ



बर्दिया, २८ जेठ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–५ बालापुर बस्ने १९ वर्षीय रुपेश थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रुपेशले ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot