दाङ, २८ जेठ । जग्गाको विषयमा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ । गोली चलाएको आरोपमा २४ वर्षीय पुर्ण वलीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीको अनुसार अमिनसहितको टोलीले जग्गा नापजाँच गर्दागर्दै गोली चलेको थियो । गोली चलाएर मोटरसाइकलमा भाग्ने क्रममा पक्राउ परेका वलीको साथबाट प्रहरीले पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको छ । गोलीले चोटपटक भने कसैलाई लागेको छैन् ।