Logo

दीपक मनाङे र आफ्नो भेटबारे बाबुरामले भने-‘कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न’



काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजीव गुरुङले मन्त्री बनेपछि आफूसँग भेट गरेको कुरा स्विकारेका छन् । उनले यसलाई अन्यथा मान्न नहुने पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

भट्टराईले जन्मजात मान्छे अपराधी नहुने उल्लेख गरेका छन् । समाज÷राज्यले मान्छेलाई अपराधी बनाउने उनको धारणा छ । उनले भनेका छन्–‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ?  किन पूर्वाग्रह राख्ने ?’

उनले लेखेका छन्–”राजीव गुरूंग ( दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न। मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।  मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएॅ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्;अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएॅ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन। रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?”


प्रतिक्रिया दिनुहोस्

Screenshot