Logo

पैदल हिडीरहेकी महिलाको सुनको सिक्री लुटपाट



काठमाडौं, ३० जेठ । पैदल हिडीरहेकी महिलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं बालाजुस्थित सडकमा पैदल हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका–१ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(१६ चमती बिनायक बस्तीबाट उनलाई उक्त सिक्री सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्