Logo

उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म



काठमाडौं, जेठ ३१ । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केहीखुकुलो बनाएरअसार ७ गते सम्मका लागि लम्ब्याइएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । जेठ ३१ गतेसम्मका लागि लागू निषेधाज्ञाको अवधि आज सोमबार राति सकिँदैछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणको संख्या घट्दै गएकोले निषेधाज्ञामा केहीखुकुलो बनाउने निर्णय गरिएको जानकारी दिए। देश भरिका जिल्लामा अहिले टेस्ट पोजेटिभिटी रेट २२ देखि ३० प्रतिशतको हाराहारीमा आइसकेको जानकारी दिँदै उनले भने–‘उपत्यकामा संक्रमणदर घटे पनि स्वास्थ्यको मापदण्ड अनुसार निषेधाज्ञालाई कायम गर्नुपर्ने अवस्था देखिएकोे छ ।’

अहिलेसम्म लागू निषेधाज्ञाको तुलनामाखुकुलो बनाउने नीतिअनुसार भोलिदेखि खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दूग्धजन्यपदार्थको बिक्रीतथावितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने छ । त्यस्तै,अनलाइनमार्फत सेवा सुविधा बिहान ७ देखि बेलुका ७ बजेसम्म दिनपाइने भएको छ।गत साता सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिद बिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको थियो। यसलाई ध्यानमा राखेर जिल्लाका बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

त्यस्तै,विकास निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइने भएको छ। निरौलाका अनुसार कृषि कार्यसँग सम्बन्धित ढुवानी र आवत जावतका विषयमा केन्द्रित रहेर सहजीकरण गर्ने पनि निर्णय गरिएको छ।तर, सार्वजनिक तथा निजी सवारी साधनका हकमा लागु व्यवस्था भने कायम नै रहने छ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरूको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर, स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि हिजोको बैठकमा यातायात सम्बन्धी विषयले प्रवेश नपाएको पनि प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उपत्यकामा १० प्रतिशतमा संक्रमण घटेपछि भने जोरबिजोर प्रणालीद्वारा यातायात सञ्चालन गर्न सकिने आंकलन गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्